अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

पंखा बनाउने कारखानामा विष्फोट, ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष २० गते ८:४५ मा प्रकाशित

भारतको राजधानी नयाँदिल्लीमा पंखा बनाउने कारखानामा विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । दिल्लीको मोतीनगरस्थित सुदर्शन पार्कमा पंखा बनाउने कारखानामा बिस्फोट भएको हो । बिस्फोटपछि कारखाना रहेको घरको छत खस्दा ७ जनाको ज्यान गएको हो । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

घटनामा परी घाईते भएका ८ जनालाई उद्दार गरेर अस्पताल लगिएको छ । भारतीय समाचार संस्था पिटीआईका अनुसार कारखानामा रहेको ग्यास सिलिण्डर विष्फोट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू