अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

बंगलादेशमा आम निर्वाचनः ६ लाख सुरक्षाकर्मी परिचालन

बिआरटीनेपाल २०७५ पुष १४ गते ९:०६ मा प्रकाशित

बङ्लादेशमा आइतबार आम निर्वाचन हुँदैछ । बिहीबार रातिदेखि मौन अवधि शुरु भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । निर्वाचनमा ४० हजार मतदान केन्द्र तोकिएको छ । मतदान नजिकिदै गर्दा छिटफुट घटना समेत भएका छन् । हिंंसात्मक घटना हुन नदिन प्रहरी, सैनिक र अन्य गरी करिब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ । ‘देशको क्षमता अनुसार हामी सकेसम्मको उच्च सुरक्षा व्यवस्था गरेका छौ’ निर्वाचन आयोग अधिकारी राफिक्वाल इस्लामले भन्नुभयो, ‘ सुरक्षामा कुनै कमजोरी तथा अभाव हुनेछैन भन्ने हामीले विश्वास लिएका छौं । निर्वाचन शान्तिपूर्ण वातावरण हुनेछ भन्ने आशा छ ।’

चुनाव प्रचारप्रसार शुरु भएपछि अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । बंगलादेशमा मुश्लिम समुदायको बाहुल्यता छ । निर्वाचनमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी बिएनपीबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रवेक्षकहरुले नर्वाचनमा प्रधानमन्त्री हसिना फेरि निर्वा्चित हुने प्रक्षेपण गरेका छन् ।

हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आउनु भएको छ । विपक्षीहरुले भने निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरेका छन् । प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाउनु भएको छ । विपक्षी दलले राज्य आतङ्क मच्चाएको उहाँको आरोप छ ।

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेल हुनुहुन्छ । दुबै महिला नेतृ सन् १९८० देखि नै विरासतका आधारमा राजनीतिमा सक्रिय हुनुहुन्छ । हसिना पुननिर्वा्चित भए बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू