अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

एनआरएन अफ्रिका क्षेत्रको बैठक शनिबारदेखि युगान्डामा शुरु हुँदै, नेपालमा प्रविधि, लगानीका साझेदारी र अनुभव साट्न कोशेढुंगा

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:३३ मा प्रकाशित

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक नेपालमा प्रविधि, लगानीका साझेदारी र अनुभव साटँन कोशेढुंगा शावित हुने विश्वास लिइएको छ । अफ्रिका क्षेत्रबाट नेपालले प्रविधिसँगै धेरै खालका अनुभव साँटन कोशेढुंगा शावित हुने विश्वास लिइएको हो ।

युगान्डाको राजधानी सहर कम्पालामा यही २९ र ३० डिसेम्बर गरि दुई दिनसम्म चल्नेछ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएन अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिनुभयो । आयोजक राष्ट्र एनआरएनए एनसिसि युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा हुनेछ ।

बैठकमा सहभागीहरुलाई इम्पेरियल होटेलमा आवासको ब्यवस्था मिलाइएको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।
बैठकको उदघाटन युगान्डा सरकारका पर्यटन राज्यमन्त्रीले गर्नुहुने भएको छ । कार्यक्रमा युगान्डाका निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपालसँग साझेदारीका सम्भावना बारे कार्यपत्रहरु प्रस्तुत हुने छन ।

गैरआवासीय नेपाली बिज्ञहरुद्वारा अफ्रिका क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका साथै आफ्ना अनुभव समेत प्रस्तुत हुने छ । बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साटन सकिने विषय माथी समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम छ ।

बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल, संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायत पदाधिकारीहरुको उपस्थिती रहने भएको छ । मुल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकन सास्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठीको पनि आयोजना गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू