अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

कांग्रेस महासमिति बैठक सानेपामा

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:२२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक आजबाट पार्टी कार्यलय सानेपामा सुरु भएको छ । साँझबाट शुरू भएको बन्दसत्रमा प्रतिनिधिहरूले आ–आफनो मन्तव्य राखेका छन् । महासमिति सदस्य रामहरि खतिवडाले दिएको जानकारी अनुसार आज १५ जना सदस्यहरूले बोलेका थिए । महासमिति सदस्यहरु बोल्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष दुवैको छुट्टाछुट्टै केन्द्रिय सदस्यहरुको भेला भएको थियो ।

मङ्गलबार राति सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुबीच पदाधिकारी र त्यसको निर्वाचन पद्धतिको विषय टुँग्याएको थियो ।तर,कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचन गर्ने प्रावधानसँग संस्थापन पक्षका सदस्यहरू असन्तुष्ट बनेपछि सहमति उल्टिएको थियो ।

मङ्गलबार नै सकिनुपर्ने महासमिति बैठकमा पार्टीको विधानको मस्यौदा प्रस्तुत हुन नसक्दा लम्बिएको हो।पाँचौँ दिनसम्म सिंहदरबारअघि यगम्बर पार्टी प्यालेसमा भएको महासमिति बैठक आजबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू