अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

जर्मनीको एक सडकमा चकलेटका कारण जाम

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:४६ मा प्रकाशित

सडक सामान्यतया कालो रंगको हुने गर्छ । तर जर्मनीमा भने  एक सडकको रंग बदलिएर खैरो भयो । त्यहाँको सडकमा चकलेटको पत्र बिछिएपछि सडकको रंग बदलिएको हो ।  खासमा भएको के थियो भने जर्मनीको वेस्टनेन सहरमा रहेको एक सडकमा चकलेट बोकेर हिडेको एक ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखियो ।

जाडो धेरै भएकाले हेर्दाहेर्दै पोखिएको तरल चकलेट जम्यो । यसले गर्दा बाटोनै बन्द गर्नुपर्यो ।  सडकमा चकलेट जमेर समस्या आएपछि पछि दमकल कर्मचारीलाई बोलाउनु परेको थियो । त्यसपछि आएका २५ दमकल कर्मचारीहरुले तातो पानी र साभेलको प्रयोग गरेर चकलेटलाई राजमार्गबाट हटाए ।

जुन कारखानाको चकलेट पोखिएको थियो त्यसका कर्मचारीहरुले सरसफाईको कार्यमा सघाएका थिए ।  दमकल विभागले पछि ठट्टा गर्दै ‘निक्कै धेरै चकलेट बगेर गएको भए पनि नजिकै आउदैं गरेको क्रिसमसमा चकलेटको अभाव हुने सम्भावना नरहेको’ बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू