अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

टर्कीमा दुईवटा रेल आपसमा ठोक्किँदा ९ जनाको मृत्यु, ५० जना घाईते

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:३१ मा प्रकाशित

टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५० जना घाईते भएका छन् । राजधानी अंकाराको रेलवे स्टेशनबाट कोन्यो शहरका लागि छुटेका रेल विपरित दिशाबाट आईरहेको रेलसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाका कारण रेलका अधिकांश डिब्बा क्षतिग्रस्त भएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । तीब्र गतिका कारण रेल दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गत जुलाईमा कापिकुलेन क्षेत्रमा भएको रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू