अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

पोर्चुगलमा नेपाली सवार ट्याक्टर पल्टिदा एक दर्जनभन्दा वढी नेपाली घाईते, एकको अवस्था चिन्ताजनक

बिआरटीनेपाल २०७५ मंसिर २२ गते ३:३३ मा प्रकाशित

पोर्चुगलको एक कृषि फार्मको ट्याक्टर पल्टिँदा दर्जन भन्दा धेरै नेपाली घाइते भएका छन् । दुर्घटनामा परेका एकजना नेपालीको अवस्था चिन्ताजनक छ । ५० जना भन्दा धेरै कृषि मजदुर कोचाकोच चढेको ट्याक्टर पल्टिँदा अचेत भएका एक नेपालीको स्थानीय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

दुर्घटनामा दाङ घर भइ हाल पोर्चुगलको कम्पोर्टास्थित अलेन्तेजु, बेजामा बस्दै आएका लोकेन्द्रबहादुर पुन मगर गम्भीर घाइते भएका छन् । उनको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । साथीहरुसँगै काममा जाने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनको शरीरमा गहिरो चोट लागेको छ । हड्डी भाँचिएको भागमा स्टिल रड राखेर उपचार गरिएको छ । अन्य घाइतेहरु भने उपचारपछि काममा फर्किएका छन् ।

घाइते पुनमगरको अहिले सान्टिआगोस्थित स्थानीय अस्पताल बेजामा उपचार भइरहेको छ । घटना सार्वजनिक भएपछि एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरे नेतृत्वको टोली अस्पताल पुगेको छ । जहाँ पुन मगर अहिले पनि अचेत अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू