अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

हुवावेका वरिष्ठ अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता छैनः प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ९:११ मा प्रकाशित

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताउनुभएको छ । हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको उहाँले बताउनुभएको हो ।

वाङ्जुलार्ई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ । वाङजुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन । उनलाई सुपुर्दगी गर्नेबारे आज सुनुवाई हुने बताइएको छ । क्यानडाका अधिकारीहरुले उनलाई पक्राउ गरिएको बारे थप विवरण दिन अस्वीकार गरेका छन् ।

यसैबीच चीनले मेङ्गको पक्राउ मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विनाकुनै कारण पक्राउ गरिनु मानवअधिकारको गम्भीर उल्लंघन हुनु हो भनेका छन् । चीनले क्यानडासमक्ष उनलाई पक्राउ गर्नुपर्ने कारण प्रष्ट पार्न चेतावनी दिएको छ । चीनले पक्राउ परेकी मेङ्ले अमेरिका तथा क्यानडाको कुनै पनि कानुन उल्लंघन नगरेको दाबी गरेको छ ।

तर अमेरिकी सञ्चारमाध्यमहरुले भने हुवावेले इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको आरोपमा छानबिन चलिरहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू