अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

बैंकहरुले निक्षेप संकलनमा गरेको प्रतिस्पर्धा गलत: गभर्नर डा. चिरञ्जीवि नेपाल

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ४:३५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकहरुले निक्षेप संकलनमा गरेको प्रतिस्पर्धालाई गलत भन्दै सच्चिन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको साधारण सभामा उनले बैंकहरुले निक्षेप संकलनमा प्रतिस्पर्धा गरेर राष्ट्र बैंकलाई के गर्न खोजेको भनेर प्रश्न पनि गरे ।

‘बैंक भनेको जनताको पैसा प्रयोग गर्ने ठाँउ हो । त्यसकारण जनताको पैसाको प्रयोग गर्दा अलिकति संवेदनशिल बनिदिनुस् । उनले भने–पछिल्लो समय प्रतिस्पर्धा तपाईहरुले गर्न खोज्नु भएको छ । त्यो गलत गरिरहनु भएको छ । सेन्टर बैंकलाई तपाईहरुले के गर्न खोज्या हो ? जिस्क्याएको हो की के हो ?’

उनले मनोमानी गर्नेलाई काराबाहीको चेतावनी पनि दिए । ‘कमसेकम यत्रो पढेलेखेको क्वालिफाइट मान्छेहरुले त बुझ्नुपर्छ । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र केही संचालक समेत सहभागि उक्त कार्यक्रममा उनले भने– ‘सबैभन्दा बुझेको मान्छे बसेको सेक्टर यही हो । यस्तो संस्थाले पनि गलत उपयोग गर्ने । सेन्टर बैंक पनि छ भन्ने कुराको हेक्का राख्नुस् । ’

यसका साथै उनले प्रमुख कार्यकारी अधिकृत र संचालकहरुलाई गम्भिर र नैतिकवान बन्न आग्रह पनि गरे । ‘तपाईहरुले जनताको पैसा चलाउनु भएको छ । त्यसलाई राष्ट्र बैंकले संवेदनशिल भएर हेरिरहेको छ गभर्नरको भनाई थियो। ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू