अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

अमेरिकालाई रुसको चेतावनी

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:१० मा प्रकाशित

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिनुभएको छ । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिनुभएको हो ।

अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो । राष्ट्रपति पुटिनले आफुहरुमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना मात्र भएको पनि दाबी गर्नुभएको छ । उहाँले अन्य केही देशले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौताविपरित हतियार उत्पादन गरिरहेको जिकिर समेत गर्नुभयो ।

राष्ट्रपति पुटिनले अमेरिकी साझेदारहरुमा परिस्थिति धेरै परिवर्तन भएकाले आफुहरुसँग पनि मध्यम दुरीको हतियार हुनुपर्ने ठान्न थालेको उल्लेख गर्नुभएको छ । यसको सहज प्रतिक्रियास्वरुप रुसले पनि मध्यम दुरीको परमाणु हतियार बनाउने राष्ट्रपति पुटिनको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसकै कारणले सम्झौताबाट बाहिरिने चेतावनी दिइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू