अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुसको ९४ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७५ मंसिर १४ गते २३:५० मा प्रकाशित

अमेरिकाका ४१ औँ राष्ट्रपति (१९८८-१९९२) जर्ज एच डब्लू बुस ९४ वर्षको उमेरमा ह्युस्टनमा निधन भएको छ । स्वर्गीय राष्ट्रपति बुसका छोरा जर्ज डब्ल्यू बुस पनि अमेरिकाका ४३ औँ राष्ट्रपति भएका थिए । उनकी श्रीमती बार्बरा बुसको पनि यसै वर्ष एप्रिल महिनामा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्विटर मार्फत एक शोक वक्तव्य जारी गरेका छन् । उनी हाल जी-२० शिखर सम्मेलनका लागि अर्जेन्टिना भ्रमणमा रहेका छन् । त्यसै गरी पूर्व राष्ट्रपती बाराक ओबामाले पनि ट्विटर मार्फत एक शोक वक्तव्य जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू