अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

मंगलबार नेप्से ८.५४ अंकले घट्यो

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ८:०३ मा प्रकाशित

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८.५४ अंकले घटेर १,१८१.६६ को बिन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार कुल १ सय ४५ कम्पनीको ५ लाख ६ हजार ६६९ कित्ता शेयर खरिदबिक्री हुँदा १७ करोड ४९ लाख ७९ हजार २४५ रुपैयाँको कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । बैंकको आज २ करोड ३७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा किसान माइक्रोफाइनान्स र सानिमा इक्विटी फण्डका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ प्रतिशतभन्दा माथिले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा लगभग १० प्रतिशतले घटेको छ ।

मंगलबार उत्पादक तथा प्रशोधन समूह मात्र बढेका छन् भने अन्य बाँकी समूहहरु घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू