अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

बिबिसीको उत्प्रेरणादायी र प्रभावशाली १०० महिलाको सुचीमा परिन नेपालका उमादेवी वादी

बिआरटीनेपाल २०७५ मंसिर ३ गते ८:५४ मा प्रकाशित

नेपालको सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा पर्न सफल हुनुभएको छ । सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादीलाई समेत प्रभावशाली महिलाको स्थान दिईएको छ । उहाँलाई सूचीको १० औं नम्वरमा सुचीकृत गरिएको छ ।

आफु विश्वकै उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै वादीले सर्वलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । ५४ वर्षीया सांसद वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बन्नुभएको थियो । बिबिसीले उहाँलाई अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेको भनेर परिचय दिएको छ ।
यो सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलगायत सहभागी छन् ।

बिबिसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्ने गर्दछ । उनीहरूको जीवन कथा बिबिसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू