अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते १८:१५ मा प्रकाशित

काठमाडौं– संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ राष्ट्रपतिको कार्यालयाट प्रमाणिकरणसमेत भइसकेको छ । 

उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । सो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ ।

उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइँदै गरेको जानकारी दिँदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले नियमावलीको मस्यौदा क्याबिनेट पुगेको बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू