अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

अमेरिकाद्वारा इरानविरुद्ध अहिलेसम्मकै कडा प्रतिबन्ध लागु, प्रतिवन्ध तोड्ने ईरानको चेतावनी

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते ८:२८ मा प्रकाशित

अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै सवैभन्दा कडा प्रतिवन्ध लगाएको छ । उसले सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएका सबै प्रतिबन्ध पुनः लागू गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रतिबन्ध इरानविरुद्ध अहिलेसम्मकै कडा भएको जनाउँदै प्रतिबन्ध इरानसित व्यापार गर्ने मुलुकप्रति पनि लक्षित रहेको जनाएको छ ।

प्रतिबन्धबाट तेल निर्यात, जहाजबाट सामान ढुवानी, बैंकलगायत अर्थतन्त्रका मुख्य क्षेत्र बढी प्रभावित हुनेछन् । इरानी राष्ट्रपति हसन रुहानीले भने तेल निर्यात गर्ने भन्दै सबै प्रतिबन्ध तोड्ने चेतावनी दिनुभएको छ । इरानी सेनाले आफ्नो क्षमता प्रदर्शन गर्न हवाई रक्षा अभ्यास गर्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा इरानसितको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको भन्दै पुनः प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो । उहाँले उक्त सम्झौता खराब भएको टिप्पणी गर्दै आउनुभएको छ । ट्रम्पले इरानसितको सम्झौताका शर्त अस्वीकार्य भएको पनि बताउनुभएको थियो ।

सम्झौतापछि अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध केही खुकुलो पारेको थियो । तर, त्यसको बदलामा इरानले विवादास्पद परमाणु गतिविधिलाई सीमित तुल्याएको थियो । सन् २०१५ मा भएको सो सम्झौताका पक्ष राष्ट्र बेलायत, फ्रान्स, जर्मनी, रुस र चीन अझैपनि सम्झौताप्रति प्रतिबद्ध छन् । उनीहरूले अमेरिकी प्रतिबन्धलाई छल्न र इरानसित व्यापारिक सम्बन्ध कायम राख्न नयाँ भुक्तानी प्रणाली स्थापना गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू