अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

गजल

गणेश घिमिरे २०७५ कार्तिक १४ गते १८:४१ मा प्रकाशित

एक टुक्रा ब्रेडसँग अलिकति जामसँग
यी पाखुरा साटेको छु मैले फलामसँग

मन लिएर केही दिनमा चिठ्ठी आई पुग्ला
बिन्ती भाउ गरेको छु मैले यौटा खामसँग

पूर्णिमाको जून हेर्छु जून भित्र उनी देख्छु
जूनलाई नलुकाउन भनेको छु घामसँग

सास फेर्दा मुटु दुख्दा बिर्सिएला भन्ने डरले
राखेको छु जोडाएर उनी मेरो नामसँग

बा आमा र अरू आफ्ना छाती भित्रै बसेका छन्
भगवानलाई दाजेको छु मैले गर्ने कामसँग ।

प्रतिक्रिया