अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

अनेसास न्यूह्यामसायरमा ११० औँ देवकोटा जयन्ती तथा संस्थाको पॉचौं साधारण सभा सम्पन्न

ईश्वरी भट्ट २०७५ कार्तिक ४ गते ९:०६ मा प्रकाशित

न्यूह्यामसायर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायरको आयोजनामा यही अक्टोबर २०, २०१८ मा न्यूह्यामसरको कंकडमा एक भव्य कार्यक्रम गरी संस्थाको पॉचौं साधारण सभा र ११० औँ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती सम्पन्न भएको छ । 

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गभर्नर कृष सुनुन् र सेनेटर लाऊ डी एल्सेन्द्रोको समेत उपस्थिति रहेको थियो। उपस्थित विशिष्ट पॉहुनाहरूलाइ टोपी र फुलका गुच्छाले सम्मान गर्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्ण कुमार गिरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थाका सदस्य हरि कुमारी गुरुङले विशिष्ट अतिथि र सम्पूर्ण अतिथिहरूलाई खादा ओढाइ सम्मान गर्नु भएको थियो । 

स्वागत मन्तव्यको क्रममा श्र्री गिरिले भन्नु भयो संसारको सबै भन्दा ठुलो, सुन्दर र रङ्गी चंगी बगैँचा रूपी यस देशमा नेपाली भाषा, साहित्य , कला-संस्कृति र परम्परालाई स्थानीय सरकार र जान समुदाय सँग जोड्न पाउनु एउटा ठुलो उपलब्धि हो भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम गभर्नर कृष सुनुनुले ऑफू सबै फुलहरूको मॉया गर्ने र सबैको कार्यक्रम मन परॉउने तर अझै कविता ऑफूलाइ मन पर्ने बताउनु भएको थियो। त्यसै गरी गभर्नरले विजया दशमीको पनि टुइट मार्फत शुभकामना व्यक्त गर्नु भएको थियो। अर्का विशिष्ट व्यक्तित्व सेनेटर डी यल्सान्द्रोले पनि राम्रो कामको प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो। त्यसै गरी नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरूड॰ले विशिष्ट पॉहुनाहरूलाइ धन्यवाद दिनु भएको थियो । 

कार्यक्रममा कवि तुलसी आचार्य, ईश्वरी भट्ट, राम चन्द्र भण्डारी, कृष्ण कुमार गिरी , पेमा क्षेवाड॰ शेर्पा हरूले ऑफ्ना रचना बॉचन गरेका थिए। बाल बालिकाहरू रितेश आचार्य, रेहा अधिकारी, हेमा ढुङ्गेल, गृष्मा र विकास खतिवडाले ऑफ्नो प्रतिभा नाचेर, गाएर, मादल, तबला बजाएर प्रदर्शन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एन आर एन यु यस ए का पूर्व अध्यक्ष एवं सल्लाहकार एवं आइ सी सी मानार्थ सदस्य शिवकुमार राईले कार्यक्रममा भाग लिने वाल बालिकाहरूलाई उपहार प्रदान गर्दै अनेसासले गरेका कामको प्रशंसा गर्नु भएको थियो। अनेसासका केन्द्रीय सचिव लाल गोपाल सुवेदीले लक्ष्मी प्रसाद देवकोटाको जीवनीबारे छोटो टिप्पणी राख्दै मिठो छन्द वध्द कविता वॉचन गर्नु भएको थियो। 

संस्थाका अध्यक्ष कृष्ण कुमार गिरीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य अग्नि पराजुली, गैर आवासीय नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष डम्बर कडरिया, नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरूड॰, जनजाति महासङ्घ न्यूह्यामसायरका अध्यक्ष सुन्दरी गुरूड॰, नेपाली भूटनीज कमिटीका संयोजक एवं संस्थाका सल्लाहकार टिका आचार्य , प्राध्यापक डा. रुद्र अर्याल, प्रधान सम्पादक तथा एन आर एन आइ सी सी भाषा तथा साहित्य उप समितिका सदस्य ईश्वरी भट्ट, संस्थाका संरक्षक एवं लायन्स क्लबका अध्यक्ष उमेश कोइराला लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।त्यसै गरी वेस्टनका कवि सुशील नेपाल र टोरन्टोका कवि रवि मान सिंह बस्नेतले पनि ऑफ्ना रचना वॉचन गर्नु भएको थियो।

पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य अग्नि प्रसाद पराजुलीले च्याप्टर र केन्द्रको सम्बन्ध एवं अनेसासको प्रगतिको चर्चा गर्नु भएको थियो। त्यसै गरी प्रधान सम्पादक एवं आइ सी सी भाषा साहित्य उप समिति सदस्य ईश्वरी भट्टले संस्थाले स्थापना काल देखि नै राम्रा कार्यक्रम गर्दै आएको र अव प्रकाशन तिर जोड दिनु पर्ने बतॉउदै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

अन्तमा सभा विसर्जन गर्दै संस्था का अध्यक्छ ले अनेसास आज बढी सक्रिय र सशक्त भई आगामी दिनमा काम गर्दै जानेछ भन्दै संस्थाका आजीवन सदस्य ज्यु हरू र उपस्थित सम्पूर्ण सबै प्रति आभार प्रकट गर्नु भयो ।

कार्यक्रमको प्रारम्भमा महासचिव तुलसी आचार्यले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दर्पण किरॉत राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सभसदहरूबाट दुवै प्रस्थावबरू एक मतले पारित गरेको थियो। कार्यक्रम संस्थाका महासचिव तुलसी आचार्यले सञ्चालन गर्नु भएको थियो। 

प्रतिक्रिया