अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

सबैलाई हतार छ

राकेश कार्की २०७५ असोज ३० गते २२:२८ मा प्रकाशित

गजल

सबैलाई हतार छ सबैलाई हतार छ
अमेरिका कोरिया कसैलाई कतार छ

जनता किन कमजोर विदेशीनै पर्ने
जब कि यै देशमा बलियो सरकार छ

पहिले डरलाग्थ्यो भन्थे दरबार छ
अहिले झन् कस्तो दर्बारको दरबार छ

सुरक्षा जो थियो अब कहाँ गयो
दिनदिनै चेलीको नरसंहार छ

भाषण अनेक छन् मन भुलाइदिने
ख्वामितको लीला अपरम्पार छ

(६ अक्षरमा विश्राम)