अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

यो वर्ष पर्यटक आगमन १२ लाख पुग्ने अनुमान, पूर्वाधार निर्माणमा जोड दिन व्यवसायीको सुझाव

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:०४ मा प्रकाशित

यस वर्षको पर्यटकीय मुख्य सिजन सुरू भएसँगै पर्यटक आगमन बढ्न थालेको छ । व्यवसायीहरुका अनुसार होटल, ट्राभल, ट्रेकिङ लगायत सबैतर्फको बुकिङ पनि उत्साहजनक देखिएको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सन् २०१७ देखि क्रमश लयमा फर्किएको व्यवसायीहरु बताउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ को नौ महिनामा ७ लाख ८२ हजार ७ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । यो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको चाप बढेको प्रस्ट हुन्छ ।

यो सिजनमा विशेष गरी अमेरिकन, अस्ट्रेलियन तथा क्यानडियन पर्यटक नेपाल आउने गर्छन् । चिनियाँ र भारतीय पर्यटक भने हरेक समय आउने गरेको पाइन्छ । त्यसकारण यो वर्षको बाँकी अवधीमा थप पर्यटक आगमन बढेर १२ लाखको हाराहारीमा पुग्ने अनुमान रहेको होटल संघ नेपाल (हान) का महासचिव बिनायक शाहले बताए ।

आगामी दिनमा पर्यटक आगमन थप बढाउन सरकारले पर्यटकीय पूर्वाधार निर्माण र प्रचार प्रसारमा विशेष जोड दिनुपर्ने सुभाmव पनि उनले दिए । ‘हामी कहाँ पर्यटक आगमनको ठुलो सम्भावना छ । तर पूर्वाधारको अभावमा सोचे अनुसारको पर्यटक ल्याउन सकिरहेको छैनौ । उनले भने –पर्यटक आगमन बढाउने हो भने सबैभन्दा पहिला विमानस्थलको स्तरोन्नती गर्दै अन्य आवश्यक पूर्वाधारको विकास गर्न जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू