अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

अरोरा दसैँ तिहार शुभकामना साँझमा डोर प्राइजको ब्यबस्था

बिआरटीनेपाल २०७५ असोज २७ गते ७:५५ मा प्रकाशित

नेपाली रेसिडेन्ट अफ अरोराले यस वर्षको दसैँ तिहारलाई रमाइलो बनाउन भोलि आइतबार डेनभरको याक एन्ड यती रेस्टुरेन्टमा साँझ ५ देखि १० बजे सम्म हुन गैरहेको अरोरा दसैँ तिहार शुभकामना साँझ २०१८मा बिभिन्न किसिमको चार सय डलर भन्दा बढीको डोर प्राइजको ब्यबस्था गरेको छ । उक्त डोर प्राइजको स्पन्सर अरोरा हिमालयन लायन्स क्लब, टेमरिन इन्डियन कुजिन २-अरोरा, एनआरएन हेल्प डेस्क कोलोराडो, नेपाली गहना पसल-अरोरा र श्याम तथा सुनिता पन्त (अरोरा) कोलोराडो स्प्रिङ्गका पुरुषोत्तम पाण्डे तथा अनेसास निर्बर्तमान अध्यक्ष पदम विश्वकर्माले गरेका छन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपालले गर्नेछ । कार्यक्रममा भाग लिन सबैलाई स्वागत गरिएको छ ।

कोलोराडोमा रहेका नेपालीलाई मनोरञ्जन दिलाउने र दसैँ तिहारको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि सम्झना पाण्डे, दीपक गौतम, इसा कार्कीको गीत प्रस्तुत रहने छ भने प्रज्ञा गहतराज, ज्योति सुनुवार र मारिया अधिकारीको नृत्य रहने छ । कार्यक्रमको सञ्चालन प्रतिमा सापकोटाले गर्नेछिन् । कार्यक्रमको लागी ११ डलर प्रवेश शुल्क राखिएको छ जसमा डिनर पनि समावेश गरिएको छ । ५ वर्ष देखी १० वर्षका केटाकेटीहरूको लागि ५ डलर ५० सेन्ट्स प्रवेश शुल्क र ५ वर्ष मुनिलाई शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 

डोर प्राइजमा भाग लिन निम्न अनुसार नियम बनाइएको छ । सम्पूर्णलाई यो नियम पालना गर्न अनुरोध गरिएको छ ।
१.  पुरा टिकट ($११) लिनेले मात्र भाग लिन पाउने छन् ।
२.  टिकट काउन्टरमा रहेको कार्डमा आफ्नो नाम, फोन नम्बर र इमेल लेखेर चिट्ठाको बक्समा हाल्नु पर्नेछ ।
३.  एक टिकट एक नाम मात्रै हाल्न पाइने छ ।
४.  एउटै नाम दुई चोटि आएमा दुइटै नामलाई तुरुन्त रद्द गरिने छ ।
५.  कार्यक्रमको अन्तिममा चिट्ठा खोलिने छ ।
६.  पुरस्कार विजेताले आफै पुरस्कार लिन आउनु पर्नेछ, नाम बोलाउँदा उपस्थित नभए त्यसलाई रद्द गरेर अर्को व्यक्तिको नामको कार्ड तानिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू