अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

प्रहरीद्वारा पोखरा पुम्दीभुम्दीकी श्रेयाको हत्यामा संलग्न आरोपी सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ असोज १० गते ९:२९ मा प्रकाशित

प्रहरीले १० वर्षीय बालिका श्रेया बिक(सुनार)को हत्या गरेको आरोपमा उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दी कोदीमा श्रेयाको सोमबार साँझ विभत्स हत्या भएको थियो ।
प्रहरीले आधा दर्जन बढीलाई नियन्त्रणमा लिएकोमा पौडेलले घटनामा आफ्नो संलग्नता स्वीकर गरेका छन् । सार्वजनिक गर्ने क्रममा पत्रकार समक्ष समेत पौडेलले आफूले श्रेयालाई जर्वजस्ती गर्न खोज्दा चिच्याएपछि झाडीमा फालेको र पछि ढुंगाले हानेर मारेको बताएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा पौडेलले पैसा दिएर जर्वजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि झाडीमा फालेको, उक्त स्थानमा पुनः जर्वजस्ती गर्न खोज्दा वच्चाले चिच्याएपछि घाँटी थिचेको तथा अभ्रद यौन व्यवहार गरेको स्वीकार गरेको जनाएको छ ।

प्रहरीका अनुसार लगातार घाँटी थिचेपछि बच्चा बेहोस भएकपछि बालिका मरेको ठानी ढुंगाले टाउको छातीमा प्रहार गरेर हत्या गरेको पौडेलले स्वीकार गरेका छन् ।

भिडियो

प्रहरी कार्यालय अगाडि प्रदर्शन

जिल्ला प्रहरी कार्यालयमा श्रेया विक(सुनार)का आफन्त सहित स्थानीयले प्रदर्शन समेत गरेका छन् । श्रेयाको हत्यामा संलग्नलाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने स्थानीयको माग रहेको छ । उनीहरुले हत्यारालाई स्थानीय जनताको माझमा सार्वजनिक गर्नुपर्ने, फाँसीको सजायँ हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

अनुकरणीय बन्न प्रहरीलाई सुझाव

प्रहरी प्रमुख समक्ष पोखरा २२ का वडा अध्यक्ष सहितका श्रेयाका आफन्तले हत्यारालाई उम्कन नदिन र हदैसम्मको कार्वाही गर्न माग गरेका थिए । साथै उनीहरुले पुम्दी भुम्दी क्षेत्रमा पर्यटकको आवागमन बढेको र शान्ति सुरक्षाको अवस्था जटिल हुँदै गएकाले नियमित गस्ती लगायतको व्यवस्था मिलाउन समेत प्रहरी समक्ष अनुरोध गरेका छन् ।

यसअघि स्थानीय सुस्मिता लामिछानेको निधनका सम्बन्धमा समेत सही छानविन हुनुपर्ने र उक्त घटना पनि शंकास्पद रहेको स्थानीयको भनाई छ । कन्चनपुर घटनामा प्रहरीकै संलग्नतामा दोषीलाई उम्काउने प्रयास भएको र कास्कीबाट दोषीलाई कडा कार्वाही गरेर अनुकरणीय काम गर्न समेत प्रहरी नेतृत्वलाई स्थानीय वासिन्दाले सुझाव दिएका छन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू