अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

गजल

आचार्य प्रभा २०७५ असोज ५ गते ८:५१ मा प्रकाशित

नारी जति आनन्दको कठपुतली ठान्दै
खेल्न थाले इज्जतमाथि खेलौना झैँ मान्दै |

अपराधीको ढाकछोप गर्न कानुन आफै अघि
सजाय दिन्छन् निरीह र अर्ध पागल छान्दै |

शृष्टिकर्ता नारीको यो कस्तो अवस्था भो ?
कसैगरी कट्छ जीवन दुखको भार तान्दै ?

कलिलो त्यो उमेरमै पापी नजर पर्छन्
कैले सम्म बाँच्नु पर्ने गिद्धे नजर धान्दै |

सुकोमल भावनामा कति रहर खेल्दा हुन्
चारैतिर बाटो काट्छन् कर्के नजर हान्दै |