अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

रक्षा मन्त्रालय, नेपाल सरकार: प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ असोज १ गते ८:४० मा प्रकाशित

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित परिषद्को सचिवालय बैठक कक्षमा आज सम्पन्न भयो । परिषद्का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा संविधानको धारा २६६ (३) अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेस गर्ने मस्यौदा प्रतिवेदन उपर छलफल गरी अन्तिम रूप दिने निर्णय भयो । प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्ले सम्पादन गरेका कामहरू, परिषद् सचिवालयबाट सम्पादन भएका कामहरू समेत उल्लेख भएका छन् ।

बैठकमा परिवर्तित सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सुदृढिकरण गर्न यसको पुनर्संरचना गर्ने काम अगाडि बढाउने निर्णय भयो । बैठकले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधिहरू र विज्ञहरू सम्मिलित गरी राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न समिति गठन गर्ने निर्णय गर्नुका साथै निकट भविष्यमा नेपालको ‘राष्ट्रिय सुरक्षा र हित’ विषयमा एक दिवसीय गोष्ठी सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बैठकमा राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू र सदस्य–सचिवको उपस्थिति थियो ।

ऋषि राजभण्डारी
प्रवक्ता
रक्षा मन्त्रालय, नेपाल सरकार
सिंहदरबार, काठमाडौँ

२०७५।०६।०१

प्रतिक्रिया