अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

पेट्रोलियम पदार्थमा लगातारको मूल्यवृद्धि विरुद्ध ‘भारत बन्द’ आव्हान

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:३३ मा प्रकाशित

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ आव्हान गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् । भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ (भारु) प्रतिलिटर भन्दा माथि छ । यो हालसम्मकै उच्च मूल्य रहेको बताइन्छ ।

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले कांग्रेसले भारत बन्दको आह्वान गरेको र अन्य विपक्षी दलले पनि वन्दको समर्थन गरेको जानकारी दिनुभएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका थिए । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनमा रेल सेवा समेत अवरुद्ध गरेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू