अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

दूरसञ्चार प्राधिकरणमा पुनः दिगम्बर झा

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:२८ मा प्रकाशित

तेस्रोपटक दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाउनुभएका दिगम्बर झाले आइतबारदेखि पदबहाली गर्नुभएको छ । गत बिहीबार मन्त्रिपरिषद बैठकले झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । आइतबार बिहान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सपथ ग्रहण गराएपछि प्राधिकरणमा झाको पदबहाली भएको हो । टेलिकम क्षेत्रको नियामक प्राधिकरणमा झाले पाँच वर्षका लागि नियुक्ति पाउनुभएको छ । गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको सरकार आफैंले झालाई फेरि नियुक्ति दिएको हो । चौतर्फी विरोध र आलोचनाकाबीच नियुक्ति पाउनुभएका झाले आजदेखि काम सुरु गर्नुभएको छ ।

अवकाश पाउने उमेरमा पुगेका झाले पाँच वर्ष लामो नियुक्ति पाउनुमा धेरैले प्रश्न उठाएका छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मंसिर १९ गते झा पहिलोपटक प्राधिकरण अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँको पदावधि २०७४ मंसिरमा सकिएको थियो ।

प्रतिक्रिया