अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकारलाई १४ दिनको जेल सजाय

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्व सल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो ।

शुक्रवार सुनाइएको सजायअनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे ९ हजार डलर पनि तिर्नुपर्ने हुन्छ । शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गर्नुभएको थियो ।

मस्कोका आरोपित मध्यस्थकर्तासँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकायमा झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू