अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

ब्राजिलको ऐतिहाँसिक संग्रहालयमा भीषण आगलागी

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:३४ मा प्रकाशित

ब्राजिलको एक ऐतिहासिक संग्रहालयमा भीषण आगलागी भएको छ । रियो द जेनेरियास्थित २ सय वर्ष पुरानो ऐतिहासिक संग्रहालयमा आगलागी भएको हो । यो संग्रहालयमा २ करोड ऐतिहासिक सामग्री संकलित छन् । पोर्चुगलको राजपरिवारले यसै वर्ष यही संग्रहालयमा आफ्नो २०० औं वार्षिकोत्सव मनाएको थियो ।

संग्रहालयमा लोप भइसकेका डाइनोसरका अवशेषहरुका साथै १२ हजार वर्ष पुरानो एक महिलाको अस्थिपन्जरसमेत रहेको बताइएको छ । विश्वकै इतिहासमा दुर्लभ सामग्रीहरु रहेको उक्त संग्रहालयका अधिकांश सामग्री आगलागीवाट नष्ट भएका छन् ।

यसैबीच ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै देशकै ऐतिहासिक संग्रहालयलमा भएको क्षतिले देशको पहिचान नष्ट भएको प्रतिक्रिया दिनुभएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू