अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

नाईजेरियामा बोको हरामको आक्रमण– कम्तीमा ४८ सैनिकको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:३३ मा प्रकाशित

नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी कम्तीमा ४८ सैनिकको मृत्यु भएको छ । नाजेरियाली सेनाले आइतबार दिएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको जनाएको थियो । तर, ‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकको थप १८ शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको सेनाका एक अधिकारीले जनाएका छन् ।

सैनिक स्रोतले दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् । सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने उल्लेख छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू