अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५
| Colorodo: 07:30
जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आय स्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरू वितरण गरिएको छ।
संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय पक्षको भनाइ छ। उक्त सामग्रीहरू स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ। एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो।