अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

द्वन्द्व पीडित बालबालिकालाई च्याप्टरको सहयोग

महेश मल्ल, न्यु योर्क २०७५ भदौ ६ गते १८:३८ मा प्रकाशित

अगष्ट २० तारिख नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाको पहलमा नेपालमा भएको माओवादी द्वन्दको समयमा आफ्ना अविभावक गुमाएका  बालबालिकाको सहयोगको लागि विभिन्न सहयोग दाताहरूबाट जम्मा ($१५०१)पन्ध्र सय एक डलर रकम संगलन गरी हस्तान्तरण गरेको छ । उक्त दाताहरूबाट प्राप्त सहयोग रकम “Nepal Deprived Women and Children Upliftment Center “ वालशिक्षाका अध्यक्ष समाजसेवी राजन विश्वकर्मालाई, नेजस न्यु योर्क च्याप्टरका सभापति श्री रोशन ढुंगानाले कार्यक्रमको अन्त्यमा हस्तान्तरण गरेका थिए । स्थानीय ज्याक्सन हाईटमा नेपालका द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ डकुमेन्ट्रिक फिल्म पर्दशन गर्दा सम्पूर्ण सहभागी भावुक भएका थिए ।डकुमेन्ट्रिक फिल्म पर्दशन गर्नुभन्दा अगाडि संस्थाका बारेमा अध्यक्ष राजन विश्वकर्माले प्रकाश पारेका थिए भने, सुरुवातका लागि समाजसेवी वकिल एनआरएन र नेजस अमेरिकाका पूर्व संयोजक अग्रज खगेन्द्र जिसीले ल्यापटममा क्लिक गरेका थिए । 

पार्टीकाआमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द विष्ट र च्याप्टरका सभापति रोशन ढुंगानाले नेपालका द्वन्द्व पीडित बालबालिकाको सहयोगका लागि डकुमेन्ट्रिक फिल्म प्रदर्शनमा सहभागी, सहयोगी र कार्यक्रम सफल बनाउँन सहयोग गर्नुहुने प्राविधिक टोली Bhajyutechnology Corp लाई आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, केन्द्रीय सदस्य सुवास लामा , हरि शर्मा, एनआरएन आईसिसिका सदस्य वन्दना कोइराला, काँग्रेसका अग्रज नेता कान्छा लामा , प्रवासी नेपाली एकता समाज न्यूयोर्कका महासचिव नवराज खड्का लगायतको सहभागिता भएको उक्त फण्ड रेजिंग कार्यक्रमलाई सफल बनाउँन च्याप्टरका उपसभापति अमर तामाङ, महासचिव महेश मल्ल, सचिव अनिल पाण्डे, सदस्य उमेश थापा अहोरात्र खटिएका थिए ।

सहयोगीहरू:-
१.खगेन्द्र जिसी- $ 650.00
२.आनन्द विष्ट-$ 100.00
३.मुनिन्द्र नेम्बाङ-$100.00
४.सुवास तामाङ- $100.00
५.उमेश थापा-$100.00

६.राजेश गुरूंग-$101.00
७.अमर तामाङ-$100.00
८.हरि शर्मा – $51.00
९.रोशन ढंगाना- $50.00
१०.वन्दना कोइराला- $40.00
११.नवराज खड्का- $21.00

१२.बेगम पण्डित-$25.00
१३.महेश मल्ल-$21.00
१४.अनिल पाण्डे -$21.00
१५.अच्युत सिग्देल- $21.00

उठेको जम्मा:- $1501.00 (पन्धसय एक डलर मात्र)

प्रतिक्रिया