अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

१०५ औँ विपी जयन्तीमा अमेरिकामा रगत दान

महेश मल्ल, न्यु योर्क २०७५ भदौ २७ गते १०:३७ मा प्रकाशित

यही सेप्टेम्बर २ तारिख २०१८ आइतबारका दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले विपी कोइरालाको १०५ औँ जन्मजयन्तिको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यु योर्क ब्लड सेन्टरसँग समायोजन गरेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम कुईन्सको ज्याक्सन हाईटमा रगत दान गर्न सकिने न्यु योर्क ब्लड सन्टरले उपलब्ध गराएको बसमा गरिएको थियो । करिब एक सय जना भन्दा बडी सहभागी भएको सो कार्यक्रममा जम्मा ५७ जनाले रक्तदान गरेका थिए । 

उक्त रक्तदान कार्यक्रमलाई सफल बनाउनका निमित्त केहिदिन अगाडि देखि नै व्यवस्थापकीय पाटो मिलाउन च्याप्टरका सभापति रोशन ढुङ्गाना, उपसभापति अमर तामाङ, महासचिव महेश मल्ल र सचिव एवं यस रक्तदान कार्यक्रमका संयोजक अनिल पाण्डे अहोरात्र खटिएका थिए । सो कार्यक्रममा सहभागी भएर रक्तदान गर्नुहुने सबैलाई पूर्व रक्षा मन्त्री तथा हाल काठमाडौँ क्षेत्र नम्बर ६का प्रतिनिधिसभाका सांसद नेता भीमसेन दास प्रधान, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्बाङ,सचिव भोजराज थोकर, केन्द्रीय सदस्य प्रमोद सिटौला, पूर्व संयोजक विष्णु सुवेदी, नेका महासमिति सदस्य वेद प्रसाद खरेल युवा नेता प्रगतिमान रंजित, अर्जुन प्रसाद मैनाली लगायतले प्रमाण पत्र वितरण गरेका थिए । 

सोहिदिन स्वयमसेवकको भूमिकामा च्याप्टरका सदस्य बृन्दा राई, अनन्त सुवेदी, विवेक पौडेल, अग्नि ढकाल, कोषाध्यक्ष मोना शर्मा उपसभापति कमला पन्त, सदस्य चुण्डी शेर्पा, नवराज भट्ट खटिएका थिए। च्याप्टरका पुराना सक्रिय सदस्य शारदा क्षेत्री, पुनम राना मगर, टक रूवाली पिजी शेर्पा, आंग निमा शेर्पा, लगायतले पनि सो दिन स्वयम् सेवकको रूपमा खटेका थिए । रक्तदान कार्यक्रम भव्यताका साथ सफल भएकोमा च्याप्टरका सभापति रोशन ढुङ्गाना महासचिव महेश मल्ल र सचिव एवं कार्यक्रमका संयोजक अनिल पाण्डेले सहभागी सबैलाई आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

रक्तदानताका नामावली यस प्रकार छन् ।
1 Ananta Subedi
2 Anil Raj Pandeya
3 Birendra Manandhar
4 Sanu Sherpa
5 Karna B Tamang
6 Mingmar Lama
7 Lackyan Lama
8 Bishwaman Bastola
9 Kasam Biswokarma
10 Sharmila Shakya
11 Govinda Adhikari
12 Sanjay Maharjan
13 Pasang Sherpa
14 Sanjeev Shrestha
15 Bharat Lama
16 Ganga B Khadka
17 Roshan Dhungana
18 Sangram Hamal
19 Anant Neupane
20 Min Khadka
21 Dinesh Dangi
22 Prabhat Sapkota
23 Durlabh Magar
24 Prakash Basnet
25 Bhimsen Kandel
26 Kismat Pun
27 Buddhi B Chhetri
28 Agni Dhakal
29 Pradeep Lamichhane
30 Saphiya Adhikari
31 Bhimsen Lamichhane
32 Amrit Chalise
33 Rabi Kiran Koirala
34 Parash Adhikari
35 Harish Chandra Hamal
36 Ganga B Sunar
37 Rishi Adhikari
38 Tumla Shrestha
39 Sabin Karmacharya
40 Subas KC
41 Laxman Rimal
42 Dilliram Dhungana
43 Chandra Bohara
44 Sharmila Sherchan
45 Pradhumna Rayamajhi
46 Niru Pun Gurung
47 Asha Tamang
48 Durgesh J Karki
49 Shannon Cheema
50 Aung Kyaw
51 Arjun Gurung
52 Santosh K Gurung
53 Kailash Bishwakarma
54 Kamal Khadka
55 Prabin Giri
56 Krishna Gautam
57 Sabrina Gauthier

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू