अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

प्रतिनिधिसभा बैठक- समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:३८ मा प्रकाशित

सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रको समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद उमाकान्त चौधरीले बारा जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको भन्दै दुवै आयोजनाको स्थितिबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद कृष्णप्रसाद दाहालले राजधानीलाई जोड्ने बैकल्पिक राजमार्ग कान्ति राजमार्गको काम सम्पन्न हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारवाहीको माग गर्नुभयो ।
सांसद कृष्णभक्त पोखरेलले संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको व्यवस्था हुने उल्लेख भएकाले आवश्यक कानुन निर्माण गरि आगामी असोज ३ गते भित्र असुरक्षित बसोबास गरिरहेकालाई सुरक्षित स्थानमा सार्छु भनि संकल्प गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयभित्रै सम्पन्न गर्नेतर्फ तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विमानस्थल निर्माणमा अवरोध पु¥याउन प्रयास गर्नेलाई कारवाही गर्न पनि माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू