अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

अमेरिका सामु घुँडा नटेक्ने टर्कीको चेतावनी

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:१८ मा प्रकाशित

टर्कीका राष्ट्रपति रेचेप तैएप अर्दोगानले अमेरिका टर्कीलाई घुँडा टेकाउने पक्षमा रहेकाले आफनो देशलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ । टर्की कारागारमा रहेका पादरी बु्रसनको रिहाईको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएपछी अर्दोगानको यो भनाई सार्वजनिक भएको हो ।

टर्कीमा आयोजित एक ¥यालीमा राष्ट्रपति अर्दोगानले अमेरिकी धम्कीको खिल्ली उडाउँदै एउटा पादरीका लागि यस्तो गर्दा अमेरिकाले लज्जाबोध गर्नुपर्ने वताउनुभयो । पादरी बु्रसन भने षडयन्त्रकारीको आरोपमा टर्कीमा पक्राउ परेका थिए ।
यसैबीच अमेरिकाले स्टील, आल्मुनियमको आयातमा कर बृद्धी गरी दोब्बर बनाएको छ जसका कारण टर्कीको आर्थिक बृद्धीदरमा १६ प्रतिशतले गिरावट आएको छ । सिरियाप्रतिको नीति र रुससँगको सम्बन्ध विस्तारका कारण पनि अमेरिका टर्कीप्रति रुष्ट बनेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू