अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विद्युत किन्न पाउने / सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:२९ मा प्रकाशित

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विद्युत किन्न पाउने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने र उत्पादित ५ सय मेगावाट सम्मको विद्युत खरिद गर्न पाउने उल्लेख छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग भएको सम्झौताले दुवै मुलुकको सम्वन्धलाई बलियो बनाएको मन्त्री पुनले वताउनुभयो । उहाँका अनुसार दुई मुलुकबीच जलविद्युत खरिदका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाईन बनाउने समझदारी समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिसोर्सेस राज्यमन्त्री हमिदले सौर्य उर्जाको लागि नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न आफ्नो मुलुक तयार रहेको स्पष्ट पार्नुभयो । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरीद गर्न बंगलादेश यसअघि नै तयार भएको थियो । आजको सहमतिपछि थप मार्गप्रशस्त भएको छ ।

बंगलादेशले नेपालबाट करीब ५ हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको जनाएको छ । ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा यसअघि नै भारत र चीनसँग हस्ताक्षर भइसकेको छ । बंगलादेशसँग भएको यो तेस्रो सम्झौता हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू