अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना, १८ को मृत्यु

बिआरटीनेपाल २०७५ साउन १९ गते ७:४६ मा प्रकाशित

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई– ८ हेलिकप्टर साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो । इगार्खा शहरभन्दा १८० किलोमिटर टाढाको दुरीमा भएको दुर्घटनामा दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरले एक आयल स्टेशनमा कामदारहरु बोकेर थियो । दुर्घटनाको छानबिन भइरहेको छ । प्रारम्भिक अध्ययनअनुसार हेलिकोप्टर उड्नासाथै अर्को हेलिकप्टरले बोकेको कार्गोसँग हेलिकप्टरको प्रोपेलर ब्लेड ठोक्किएको थियो । रुसको यातायात मन्त्रालयका अनुसार दुर्घटनापछि दोस्रो हेलिकप्टर भने सुरक्षित रुपमा अवतरण गरिएको र उक्त घटना हँुदा मौसमी अवस्था सामान्य रहेको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू