अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

एनआरएनएको युरोप क्षेत्रीय बैठक आइतबारबाट

बिआरटीनेपाल २०७५ साउन ११ गते २०:१० मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतबारबाट सुरु हुने भएको छ ।

“युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गमा दुई दिने बैठक हुने प्रवक्ता भूषण घिमिरेले बताए । बैठक नेपालमा पूँजी, ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहने उनले बताए ।

गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोवर १३ र १४ तारिखमा काठमाडौंमा हुने भनिएको विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप आयोजना गरिन लागेको हो । युरोपबाट ज्ञान, सीप तथा प्रविधि भित्र्याउने विषयमा हुनसक्ने संभावनाको खोजी गरिनुका साथै सो क्षेत्रबाट एक अर्बको लगानी नेपालमा भित्र्याउने लक्ष्य बैठकको रहेको छ ।

बैठकमा एनआरएनको आन्तरिक विषय, कार्य समीक्षा, एनआरएन अभियानमा युवा तथा नयाँ पुस्तालाई सहभागी गराउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गराउने विषय, युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, युरोपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा छलफल हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपालबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र पूर्व प्रधानमन्त्री डा बाबुराम हुने आयोजकको भनाइ छ । आयोजक राष्ट्रबाट लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश सहभागी हुने आइसीसीका युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू