अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप ८ वर्ष जेल सजाय

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:३९ मा प्रकाशित

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप ८ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उहाँलाई यसअघि दिइएको सजायमा ८ वर्ष थपेको हो । हाईले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो ।

यसअघि नै उहाँलाई २४ वर्षको जेल सजाय भएको थियो । हाईमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डलर बराबरको जरिवानाको सजाय सुनाइएको थियो । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाइ थुनामै रहनुभएको छ ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै हाई थुनामै रहँदै आउनुभएको छ । उहाँले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू