अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

डा.केसीलाई तत्काल अनसन स्थगित गर्न सरकारको आग्रह

बिआरटीनेपाल २०७५ साउन ४ गते ९:२१ मा प्रकाशित

सरकारले डा.गोविन्द केसीलाई तत्काल अनसन त्याग्न आग्रह गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले डा. केसीलाई अनसन स्थगित गर्न आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अनशनरत डा. केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने वताउनुभयो । मन्त्री ज्ञवालीले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका डाक्टरहरु जुम्ला पठाएको तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न नदिईएको जानकारी दिनुभएको छ ।

केसीको स्वास्थ्य अवस्था जटिल वनेकोले उहाँको जीवन रक्षा गर्न हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याईएको मन्त्री ज्ञवालीको भनाई छ । सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएकोमा गुनासो पोख्दै उहाँले डा. केसी असल मनशायले अनशन वसेपनि केही राजनीतिक दल र तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकण गरेको वताउनुभयो । डाक्टर केसीका जायज मागप्रति सरकार लचिलो भएर छलफल गर्न तयार रहेको ज्ञवालीकोे भनाई थियो ।

प्रतिक्रिया