अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

प्रधानमन्त्री ओलीलाई गगन थापाको यस्तो चेतावनी

बिआरटीनेपाल २०७५ असार ३० गते ७:३१ मा प्रकाशित

काठमाडौँ, नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा.गोविन्द केसीले विज्ञहरूकै टोलीले दिएको सुझाव अनुसारको प्रतिवेदनको आधारमा विधेयक ल्याउन माग गरेकाले सरकारले तत्काल माथेमा प्रतिवेदनको आधारमा विधेयक बताएका छन् ।

जुम्लामा अनसन बसिरहेका डा. केसीको पक्षमा काठमाडौँमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन नेपाली थापाले नेपाललाई मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री केपी ओलीलाई त्यसो गर्दैमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता नहुने बताएका छन् ।

थापाले भने, ‍’मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री किन थाइल्यान्ड उपचार गर्न जानुभएको ? किन बङ्गलादेश नजानुभएको? बङ्गलादेश मेडिकल हब हो ।’

डा. केसीमाथि लगाइएको राजनीतिक छापको पनि थापाले विरोध गरे । ‘कतिले केसीलाई काँग्रेस वा कतिपयले विवेकशील साझा पनि भन्छन्’, थापाले भने, ‘डा केसी फकिर हुन् । पार्टीको झन्डा नबोकी हिँड्न सक्छन् ।’

माथेमा प्रतिवेदनमा विज्ञहरूले विभिन्न अध्ययनबाट निष्कर्ष निकालेर सिफारिस गरेको विषयलाई नबुझिएको थापाले बताए ।

थापाले पुरा नहुँदासम्म केसीलाई कसैले हल्लाउन नसक्ने बताए । थापाले हाल केसीको स्वास्थय अवस्था नाजुक रहेको अवस्थामा सरकारले जिद्दी गरेर बस्यो र डा. केसीको जीवनमा तलमाथि भयो भने प्रधानमन्त्री मात्र नभएर सिङ्गो नेपाल अपराधबाट मुक्त हुन नसक्ने समेत चेतावनी दिए ।

थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । ताप्लेजुङ, दार्चुलाका सांसदहरूले समेत काठमाडौँमा मेडिकल कलेज खोल्न पाउनुपर्छ भनेको सुनाउँदै उनले यसले आफ्नो जिल्लामा डाक्टर जाँदैनन् भन्ने नर्बिसन आग्रह गरे । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू