अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 23:51

टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार २५ गते १०:०४ मा प्रकाशित

टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् ।

टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सिमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । खराब मौसम तथा भूस्खलनका कारण दुर्घटना भएको हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू