अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

नेपालगन्ज–नयाँदिल्लीको उडान तालिका स्वीकृति

बिआरटीनेपाल २०७५ असार २२ गते ८:३८ मा प्रकाशित

नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगन्ज दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ ।

यसअघि बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउसो १ र साझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो ।

यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगन्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ ।

बुद्ध एयरले उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरू गरिरहेको प्रेस विज्ञप्तिमा जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरूको व्यापक आवाजाही हुने गरेको छ । यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरूसँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुस“ग पत्राचार गरेको छ ।

यस उडानबाट सुदुर पश्चिम र पश्चिमका जनताहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरूलाई पनि आकर्षित गर्नेछन् ।

नेपालगन्ज–नयाँदिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगन्ज–पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू