अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

सुडानमा नेपाली सेना सम्मानित

बिआरटीनेपाल २०७५ असार २० गते ८:४५ मा प्रकाशित

दक्षिण सुडानमा नेपाली सेना सम्मानित भएको छ । नेपाली सेनाको ‘द हाइ रेडिनेस कम्पनी’ लाइै संयुक्त राष्ट्रसंघले सम्मान गरेको हो । 

केही वर्ष यता अतुलनीय सैन्य विशेषज्ञता र अनुभवद्वारा दक्षिण सुडानको शान्ति प्रक्रियामा आफ्नो विशिष्ट क्षमता प्रदर्शन गरेको भन्दै राष्ट्रसंघले नेपाली सेनालाई सम्मान गरेको हो ।

त्यहाँको राजधानी जुवामा राष्ट्रसंघको सुरक्षा परिषद् अन्तर्गत जुलाई २०१७ देखि १ सय ५० नेपाली सेना शान्ति स्थापनाका लागि खटेको छ । गत वर्ष त्यहाँ हिंसा सुरु भएपछि नेपाली सेना शान्ति स्थापनार्थ खटाइएको हो ।

हाइ रेडिनेस कम्पनीका कमान्डर लेफ्निेन्ट कर्नेल यौवधिर मानसिंह अधिकारीले सर्वसाधारणको सुरक्षा गर्न, शान्ति स्थापनाका लागि काम गर्न र राष्ट्रसंघको म्याण्डेट कार्यान्वयन गर्न नेपाली सेनासँग भएको पूर्व अनुभव प्रयोग गर्ने अवसर पाएको बताए । ‘यसबाट हामीलाई जटिल शान्ति प्रक्रिया बुझ्ने र त्यका लागि परिचालित हुने तथा हाम्रो क्षमता प्रदर्शन र स्तरोन्नति गर्ने समान अवसर प्रदान भएको छ,’  उनले भने ।

नेपाल सन् १९५५ देखि राष्ट्रसंघको सदस्य छ । नेपालले बितेका ५० वर्षमा राष्ट्रसंघको ४२ वटा मिसनमा काम गरेको छ । त्यसक्रममा १ लाख २० हजारभन्दा बढी नेपाली सेनाले योगदान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू