अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

अफगानिस्तानमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार १८ गते ७:२२ मा प्रकाशित

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो ।

राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा जानुभएको  थियो । मारिने मध्ये स्थानीय शिख नेता अवतार सिंह खालसा पनि रहेका छन् । अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू