अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

युद्ध रोक्न कास्मिरका मुख्य मन्त्रीको आह्वान

बिआरटीनेपाल २०७५ जेठ ३० गते १०:४१ मा प्रकाशित

भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गर्नुभएको छ । 

द्वन्द्वग्रस्त क्षेत्र र द्वन्द्वमा संलग्नहरूको जीवन र सम्पत्ति जोगाउनका लागि आपसी लडाई अन्त्य गर्नुपर्ने मुख्य मन्त्रीको भनाई छ ।

मुस्लीम समुदायको महान पर्व इदको अवसरमा युद्ध बिराम भएको सन्दर्भमा मुख्य मन्त्री मुफ्तीले यस्तो आह्वान गर्नुभएको हो ।

गत महिना दुवै देशका सैनिकहरूले सन् २००३ मा भएको युद्ध बिरामको सम्झौतालाई अक्षरस र भावना अनुसार नै पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू