अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

शोधनान्तर घाटा चुलियो

बिआरटीनेपाल २०७५ जेठ २७ गते १०:०२ मा प्रकाशित

रेमिट्यान्समा वृद्धि देखिए पनि चालु आवको दशौं महिना बित्दा पनि शोधनान्तर स्थिति सकारात्मक देखिन सकेको छैन ।शोधनान्तर घाटा बढेर वैशाख महिनासम्म १८ अर्ब ९३ करोडले घाटामा छ । आर्थिक वर्ष २०६६र०६७ पछि शोधानान्तर घाटा भएको थिएन ।

चैतमा १४ अर्बमा सो घाटा बैशाखमा १९ अर्ब नजिक पुगेहो हो । शोधनान्तर मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर पनि हो । अघिल्लो वर्षको दश महिनामा चालू खाता ७ अर्ब ५७ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य बढेर १९१ अर्ब २ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा रेमिट्यान्स् आप्रवाह ७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६ अर्ब ६८ करोड पुगेको उल्लेख गरेको छ । गत बर्ष यसै अवधिमा रेमिट्यान्स् आप्रवाहको वृद्धिदर ५।२ प्रतिशत मात्र रहेको थियो ।

यता चालू आवको दश महिना अवधिमा खुद ट्रान्सफर आप्रवाह ६ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाहमा ०।१ प्रतिशतले कमी आएको हो । गत बर्ष यसै अवधिमा १०।३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू