अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

रक्षा नेपालको मेनुका थापा कि पूजा बोहरा को दोषी ?

रामभक्त राई २०७५ जेठ २१ गते ९:३५ मा प्रकाशित

पूजा बोहराको पत्रकार सम्मेलन पछाडि रक्षा नेपालको अदक्ष मेनुका थापा माथि धेरैले औंला ठडयाइरहदा मलाई पनि जान्न मन लाग्यो र धेरै मान्छेहरूको प्रतिक्रिया पनि हेरे त्यसपछि पूजा बोहराको भिडियो रिपोर्टर्स क्लबको अनि न्युज २४ को त्यस्तै गरी मेनुका थापाको पनि इन्टरभ्यु हेरे नेपाल वानमा अनि सुने न्युज २४ मा अनि पढे प्रेस बिग्यप्ती पनि र अन्त्यमा मलाई पनि केही भनु भनु लाग्यो त्यही भएर मेरो मनको कुरा राख्ने जमर्को गर्दैछु। लेख सुरु गर्नु भन्दा पहिले म यो प्रस्ट पार्न चाहन्छु कि मेरो दुवै पक्ष सँग कुनै किसिमको केही सम्बन्ध छैन।

सर्वप्रथम म पूजा बोहराबाट सुरु गर्न चाहन्छु। मेरो हृदयको कुनाबाट उनीप्रति लाखौँ लाख सुभेक्षा छ सफल जीवनको निम्ति अनि सान्त्वना छ उनीले भोगेका पिडाप्रति। तर अहिले उनको पत्रकार सम्मेलनबाट कुरा गरौँ , उनको बोली र प्रस्तुति हेर्दा उनीलाई म कोहु ? म कसरी रक्षा नेपालमा बसिरहेको छु ? रक्षा नेपालमा किन म राखिएको छु ? रक्षा नेपाल के हो? रक्षा नेपाल कसरी चलेको छ ? कसरी चल्छ ? भन्ने कुरामा केही दुबिधा देखे मैले । यो बुझाउन नसक्नुमा कहीँ न कहीँ रक्षा नेपालको कमजोरी त हो नै तर अपराध भने चाहिँ हैन। उनले पटक पटक भनेकी छिन आमाले (मेनुका थापा) केही पनि गर्न दिएनन उनले चाहेका कुराहरू। तर मेनुका थापाले रोकेको भए कसरी मार्शल आर्ट खेल्ने अवसर पाइन उनीले , कसरी कानुन पढेन अवसर पाइन उनीले ? यो प्रश्न किन कुनै पत्रकारले गरेनन त्यहाँ ? उनले भनेकी छिन उनीलाई पटक पटक गाली गरिन आमाले अनि पिटिन पनि ।

अब साइनो नै आमा छोरीको भएपछि सम्पूर्ण कर्तव्य नै आमाको गरेपछि मेनुका थापाको एउटा कर्तव्य त्यो पनि हो उनीलाई सही बाटोमा हिँडाउनु गाली गरेर भए पनि पिटेर भए पनि। कि आमा भनेर सम्बोधन गर्न भएन कि आमाको मात्रित्व प्रेमबाट टाढा अलगिनु पर्‍यो । मलाई यस्तो लाग्छ यो संसारमा आमाले गाली नगरेको नपिटेको बच्चा सायदै संसारमा कोही नहोला। यसो भन्दैमा रक्षा नेपालका सञ्चालकले गाली गर्न पिट्न पाउँछ भन्ने हैन। त्यहाँ कोही पनि गाली खान पिटाइ खान जाँदैन , सबै मान्छे त्यहाँ बस्ने जाने भनेको सुरक्षाको लागि हो , नयाँ जीवन जिउनको लागि हो। तसर्थ त्यहाँ बस्नेलाई होसियारी पूर्वक व्यवहार गर्नु रक्षा नेपालको कर्मचारी अनि स्वएम सेवकको परम धर्म अनि कर्तव्य हो। यदि साच्चिकै अभिभाबकत्व भन्दा पर गएर निजी स्वार्थको निम्ति गाली गलौज कुटपिट गरिएको रहेछ भने अवश्य पनि मेनुका थापा दण्डका निम्ति भागीदार छन्।

भाडाकुडा धुनु , लगाएका कपडा धुनु एक आपसमा एउटै परिवार भएर बसेपछि सामान्य कुरा हुन जस्तो लाग्छ मलाई। अझ आफैले आमा मानेको मान्छेको आफूलाई छोरी मान्ने मान्छेको कपडा आमा छोरी जसले धोए पनि के नै भयो र जस्तो लाग्छ मलाई। तर यो आफ्नो आफ्नो सोचाई हो। पूजा आफैले भनेकी छिन भाइ बहिनी लाई गाली गर्थे पिट्थे भनेर जुन सरासर गलत हो किन कि उनले कुनै अभिभाबकत्व निभाएका छैनन् त्यहाँ बस्ने कोही माथि पनि र उनी पनि अरू सरहकै हुन रक्षा नेपालमा।मुना नेपालीको अनुसार पूजाले मुना नेपालीले छोएको खान्न भनेर छुवाछुतलाई उनले आफू कानुनको विद्यार्थी भएर पनि प्रश्रय दिएका छन् यो अति नै निन्दनिय अनि अन्यायपूर्ण छ। यसो हो भने पूजा बोहरालाई छुवाछुत विरुद्धमा कानुनको कठघरामा उभ्याइनु पर्छ।

अब रक्षा नेपालको अनि मेनुका थापाको कुरा गरौँ। धेरै आँट भएका अनि ठुलो दिल भएकाले मात्र बिना कुनै नियमित आयस्रोत बिना यसरी सामाजिक काम सुरुवात गर्छ ,तसर्थ मेरो सम्मान छ मेनुका थापालाई तथापि संस्थाको नाममा कसैलाई निजी स्वार्थ पूर्ति गर्न छुट हुनु हुँदैन।

उनको कुरा सुन्दा पक्कै पनि उनले पूजाको बारेमा कतिपय कुराहरू परीक्षाको रिसल्टको बारेमा बढाइ चढाइ गरेकै हुन जुन उनले पनि स्विकरेका छन् , यसरी कुनै तपाईँको नानीहरूको बारेमा भन्दा सही सूचना सम्प्रेसन गर्नु होला किन कि यो कानुनत अपराध होला नहोला तर पूजालाई जस्तै अरू नानीलाई पनि अवश्य मनोबैज्ञानीक अक्सर पर्नेनै छ। मलाई जहाँसम्म लाग्छ कुनै दमन शोषण गर्ने मान्छेले पक्कै पनि पीडितलाई कुनै अवसर सकेसम्म दिँदैन तर उनले स्पोन्सर खोजेर होस या चन्दा मागेर होस पूजालाई पढाउन वकिल बनाउन प्रयास गरेकै देखिन्छ , यसको मतलब उनले गाली गरे पनि पिटे पनि सकारात्मक सोचका साथै गरेको देखिन्छ। रक्षा नेपालको सम्पत्ति मेनुका थापाको नाममा हुनु अवश्य पनि गल्ती हो, तर उनले भनेकी छिन त्यो घर बनाउन ऋण लिनको निम्ति मात्र उनको नाममा गरिएको हो , त्यो घर संस्था कै हो भनेर कागज पत्र गरिएको छ। यसको मतलब उनले जोखिम मोलेर रक्षा नेपालको निवास निर्माण गरिएको बुझिन्छ। तर यसको लागि पूजा बोहरालाई धन्यवाद दिनै पर्छ यदि मेनुका थापाको मनै बदलिए पनि अब यो घर सदा रक्षा नेपालकै हुनेछ। अनि अवश्य पनि अब उप्रान्त रक्षा नेपालले सबै पीडितलाई होसियारी पूर्वक व्यवहार गर्नेछ । तर म यो भन्छु कि यो प्रहारले रक्षा नेपालको मनोबल नगिरोस ,अझ उच्च भएर जाओस् किन कि जति अल्गो रुख हुन्छ त्यत्ति नै हावाको झोक्काले लाग्ने हो। आफू अल्गो रुख सम्झेर अझ धेरै छाहरि प्रदान गर्दै जाओस् रक्षा नेपालले ।

अन्तमा , १ भाइ छोराको त बाबा आमा ले सबै रहर पुरा गर्न सक्दैन अब कसरी मेनुका थापाले त्यत्ति धेरै छोरा छोरीहरूको रहर सबै पुरा गर्न सकोस्। हामी जस जसले मेनुका थापालाई नराम्रो देख्यौ आफै एक पटक हेरौँ आफूले आफ्नो सबै छोरा छोरीको रहर पुरा गर्न सकेका छौ ? अनि हामी मध्ये कोही एक छौ होला छोरा छोरीलाई गाली नगर्ने नपिट्ने । पूजालाई अझै पनि रक्षा नेपाल ले पढाउँछौ भनेकै छ त्यही गएर कोही कसैको तटस्थमा बसेर छल फल गरेर पढाई सिध्याउनु नै उनको भलो हुनेछ। जे होस् रक्षा नेपालको ज्यादती हो भने उनीहरूलाई कार्वाही होस् अनि अरू कसैले खेल्न खोजेको हो भने मेनुका थापाले भने झैँ उनलाई पनि कार्वाही होस्।सत्य तथ्य बाहिर आओस् कोही पनि सहयोगी मान्छेहरूको दिल नदुखोस्।

जय नेपाल !