अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

फुर्पा लामाको छुवाइ, मिरुनाको थप्पड अनि धार्मिक र जातीय उठान

रामभक्त राई २०७९ जेठ २३ गते ८:४७ मा प्रकाशित

यहाँ धेरै अवैधानिक नियाधिसहरुको बिचमा, धेरै अवैधानिक वकिल हरूको बिचमा अनि धेरै पक्ष विपक्षको बिचमा मलाई पनि सहभागी हुन मन पर्‍यो किनकि हाम्रो समाज, हाम्रो समुदाय, हाम्रो मनोविज्ञान अनि हाम्रो जीवन शैली कानुन, अदालत अनि प्रहरी प्रशासन भन्दा बाहिर हावामा अनियन्त्रित रूपमा छिन्न भिन्न भएर मडारिँदै गुजुल्टिएर अघि बढिरहेछ । आज हाम्रो देशमा धेरै कानुनमा भन्दा प्रहरी प्रशासनमा भन्दा आन्दोलन भिडभाड अनि शक्ति र ओहोदाको प्रदर्शनीमा विश्वास राख्ने गरेको त सबैलाई सर्वविदितै छ। तर यो मूल्य मान्यता जुन विकास हुँदै गइरहेको छ यसरी नै अघि बढिरहने हो भने हाम्रो देशमा बहुसङ्ख्यक व्यक्तिको बाच्ने, हाँस्ने र रमाउने अधिकार थाहै नपाई खोसिएको हामीले हेर्न बाध्य हुनु पर्नेछ । अब लगौ फुर्पा लामाको छुवाइ तर्फ;उनले छोए छोएनन्, उनैले जानुन् । म उतिर कुरा तेर्साउन्न । उनलाई पिडक हो भनेर दाबी किटान गर्दिन न कि उनी निर्दोष हुन भनेर जिकिर गर्न सक्छु किन कि उनी पनि मानिस हुन, बदमास गर्न सक्छन् । अब मिरुना मगरको कुरा सुन्दा उनलाई यौनिक तरिकाले कसैले पटक पटक उनको संवेदनशील अङ्गमा चिमट्यो, फर्कँदा उनिले लामालाई देखिन, तुरुन्त प्रतिकार गर्दा आवेगमा आएर थप्पड हानिन, गाली गरिन अनि प्रहरीकोमा रिपोर्ट गरिन, यो पनि नराम्रो उनको हर्कत हो भनेर म ठोकुवा गर्दिन र राम्रै गरिन नायिकाले पनि भन्दिन। तर जे गरिन उनले उनले जाने बुझेसम्मको गरिन किनकि उनी आक्रोशित थिइन, आफ्नो महिला अस्मिता माथि धावा आएको महसुस गरेकी थिइन । अब तेस्रो मान्छे को प्रवेश चाहिँ असान्दर्भिक लाग्छ किनकि त्यहाँको अवस्था त्यो समयमा मिरुना मगरको नियन्त्रणमा थियो तसर्थ त्यो मान्छेले चाहिँ लामा माथि हातपात गर्नु अनुचित देखिन्छ । अब त्यो मान्छे को दादा गिरिको विरुद्धमा चाहिँ भिड उत्रिँदा ठिकै होला किन भने उनले लामा गुरु र नायिका मगरको बिचमा तटस्थ भएर कानुनको बाटो देखाउनु पर्नेमा दादागिरीको बाटो देखाएको छ ।

यहाँ यो घटनामा के देखिन्छ भने हामी कतिसम्म पुरुषवादी रहेछौ, तर पुरुषभन्दा महिलाहरू धेरै पुरुषवादी देखिएको छ पल शाहबाट मिरुना सम्मको तथ्याङ्कलाई हेर्ने हो भने । किनकि पल शाहको रिहाइको माग गर्ने पनि धेरै महिलाहरू अनि आज खुलेआम भिडभाडमा महिलालाई छुनु समाउनु मसार्नु यी सामान्य कुरा हुन, त्यो सहन नसक्ने महिला आफ्नै घरभित्र कुजिएर बस्नु पर्छ भन्ने पनि तिनै धेरै महिलाहरू । आज सरसरती हेर्ने हो भने हामी पितृसत्तात्मक युगतिर फेरी फर्कन खोज्दछौ, आज हामी मानव हैन, फेरी जङ्गली भएर जिउन खोज्दछौ । हामी भन्न खोज्दछौ महिलाहरू अझ मान्छे बनिसकेका छैनन्, मात्र उनीहरू उपभोग्य बस्तु हुन जुन हाम्रो आधुनिक समाजको निम्ति बहुत खतरनाक छ । यो मूल्य मान्यतालाई यसरी नै लिने हो भने हाम्रो प्रगति हैन विनाश हुनेछ विभिन्न खाले अपत्यारिला घटनाहरू बेहोर्न परेर । जे होस् यती हो महिला पनि मान्छे हुन, उनीहरूको आत्मा निर्णय गर्ने अधिकार छ भन्ने कुरालाई बुझौँ । उनलाई विभिन्न बहानामा उनीहरूको संवेदनशील अङ्गमा छुनु यौनिक आक्रमण हो भनेर बुझौँ । अनि आक्रमण गर्दा प्रतिकार गर्नु मान्छेको गुण हो भन्ने बुझौँ ।

छोटो एउटा कुरा जोर्न मन लाग्यो, नेपालको एउटा नायक छ अनि उनको छोरी नायिका । उनको छोरीलाई अस्पतालमा उपचार गर्दा जथाभाबी गर्‍यो भनेर रोइ कराइ गर्ने, जुन मेडिकल सम्बन्धी उनलाई कुनै ज्ञानै छैन जति डक्टरलाई होस, अज उनै अरूको छोरीलाई चाहिँ भिडभाडमा छुन पाउनु पर्छ भन्दै उफ्रदैछ । यो कति सम्म जायज छ आफै बिचार गर्नुहोस् तपाईँ । आफूलाई पर्दा मात्र न्याएको लागि उफ्रने अनि अरूलाई अन्याय पर्दा उल्टो उल्टो बोलेर कानुन माथि मानवता माथि उपहास नगरौँ साथीहरू । समय बलवान छ, सबैलाई समस्या पर्न सक्छ ।

हामी के साँच्ची अब देश भन्दा तल मानवता भन्दा तल चेतना भन्दा तल दल दल भित्र फसेकै हौ त ? के आफ्नो साथीले, आफ्नो समुदायकोले, आफ्नो धर्मकोले जे गरे पनि आँखा चिम्लेर सही भन्ने भएकै हौ त ? यसो हो भने हामी अब धेरै गिरिसकेको छौ, हामीले आफ्नो जीवनको वास्तविक अर्थ भुलिसकेछौ, हामी सङ्कुचित भन्दा तल पागल भन्दा तल झरिसकेछौ । एक अर्थमा हामी मरीसकेछ्हौ, हाम्रो आत्मा मरिसकेछ । हैन भने सोचौँ बुझौँ, मान्छे हो गल्ती जसले पनि गर्न सक्छ, उ पुजारी होस् या लामा या पादरी या कुनै धर्म गुरु किनकि उनीहरूको पनि यौन अङ्ग हुन्छ, उनीहरूको पनि यौन चाहना हुन्छ, मात्र परिपूर्ति गर्ने तरिका फरक हुन सक्छ तसर्थ कोही कुनै ओहोदा वा स्थानमा हुँदैमा गल्ती गर्दैन भन्ने मनोविज्ञान हटाऔँ । निष्पक्ष भएर बोलौँ ।

मिरुना मगरले सुटेड बुटेड डरलाग्दो केटा देखेको भए थप्पड हान्थेन भन्ने साथीहरूलाई म के भन्छु भने यो हुन पनि सक्छ किन कि आफूभन्दा बलियो बाठोसँग धेरै मान्छे डराउन पनि सक्छ तर सबै मान्छे त्यस्तो नहुन पनि सक्छ । तसर्थ बलियो मान्छेलाई लुते मान्छेले सधैँ हारिदिन सक्छ नलडिकनै भनेर भन्नु भनेको बलियाहरूलाई निर्धा माथि हैकम चलाउन प्रोत्साहन गर्नु मात्र हो । हामीले सामाजिक सञ्जालबाट यस्तो समाजको निर्माणको लागि योगदान गरौँ ताकी सबैले हाँसेर बाँच्न पाउ ।

धर्म अनि सुमदायमा यो जोड्नु ठुलो भुल हो किन कि कुनै पनि धर्मले अनि समुदायले अनि कसैले कसैलाई पनि नराम्रो काम गरेर आइज भनेर सिकाउँदैन । एउटै समुदाय एउटै धर्ममा राम्रा नराम्रा मान्छेहरू हुन्छ्न, विभिन्न थरिका मान्छे एउटै तराजुमा राखेर तराजुको अवमूल्यन नगरौँ । यदि कोही व्यक्ति चरित्र खराब भए उनलाई सुधार्ने काम गरौँ, सबैलाई बिगार्ने काम नगरौँ ।

अन्त्यमा मान्छे हो गलत हुन सक्छ, गलतिको कसैले कसैको ढाक छोप नगरौँ । न्यायलाई बचाउ, न्याय बाचे हामी सहज किसिमले बाँच्न सक्छौ न्याय मरे हामी बाचेर पनि मरिरन्छौ, जो तपाईँको चाहना । न्याय सबैको लागि । न्याय बाचिरहोस् ।