अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

अबको पाँच वर्षमा को-को बन्छ, प्रधानमन्त्री ?

रामभक्त राई २०७९ पुष ४ गते १२:२७ मा प्रकाशित

सबैले चारैतिर अनुमान लगाउँदा लगाउँदै मलाई पनि केही नजर अन्दाज लाउन मन लाग्यो । अहिलेको निर्वाचनको नतिजा हेर्दा राजनीति अझ बहुत घुम्रिएको गजमजिएको हुने देखियो किनकि यहाँ कसैको पनि बहुमत छैन, अझ भनौँ काङ्ग्रेस र एमालेबाहेकको सरकार हुनै सक्दैन, काङ्ग्रेस र एमालेले पनि सरकार बनाउन एक भन्दा धेरै पार्टीहरूसँग सहकार्य गर्नु पर्ने हुन्छ । काङ्ग्रेस गठबन्धन नतोडिए पनि प्रस्टै भइसक्यो सरकार बनाउन सक्दैन गठबन्धन एक्लाईले तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टीको साथ या अन्य स्वतन्त्र या स-साना पार्टीहरूको साथ ल्याउनु पर्ने देखिन्छ, जुन सबैको एजेन्डा सम्बोधन गर्नु बहुत गाह्रो छ , तसर्थ सरकार बनाए पनि पाँच वर्षलाई टिक्न गाह्रो छ यदि साना साना पार्टीहरू पदमै अल्झेर आफ्नो एजेन्डा नभुल्ने हो भने,यस्तै गरी एमालेले पनि आफूले तालमेल गरेको पार्टी वा व्यक्तिसँग मात्र सरकार बनाउन असम्भव नै छ, उनले पनि काङ्रेसले झैँ राष्ट्रिय स्वतन्त्र पार्टी अन्य साना साना पार्टीहरूलाई एक गर्नु पर्ने हुन्छ अझ एमालेले त काङ्ग्रेस माओवादीको गठबन्धन तोडेर माओवादी वा अन्य दललाई पनि समर्थनमा ल्याउनु पर्ने हुन्छ जुन दीर्घकालीन हुने देखिन्न । तसर्थ यहाँ एकै सरकार पाँच वर्षको लागी टिक्न टिकाउन प्रधानमन्त्री वा पार्टीलाई प्राय असम्भव नै छ किन कि प्रत्येक पार्टीको आफ्नो आफ्नो मूल्य मान्यता छ कुनै पनि पार्टी आफ्नो अस्तित्व गुमाउन चाहदैन्, अन्यथा अर्को चुनावमा काङ्ग्रेस अनि एमाले र स्वतन्त्र व्यक्ति हरुमात्र चुनिनेछन् । त्यसैले एउटा भन्दा बढी नै प्रधान मन्त्री हुने प्रस्ट देखिन्छ, तर को को हुन सक्छन् त ? अनुमान गरौँ अब ।

अचम्मको राजनैतिक गुट बन्न लागेको देखिन्छ केही नेताका कुराहरू सुन्दा अहिलेको तात तातो निर्वाचन पछिको सरकार बनाउने कुरालाई सतहीबाट सरल तरिकाले हेर्दा तर भित्री कुरा सायद समय न आइ कसैलाई थाहा नहुन सक्छ । काङ्ग्रेस बाट गगन थापा जुनै पनि हद बाट यो पाँच वर्षमा थोरै समयको लागी पार्टी बचाउनकै लागी भए पनि सम्सदिय दलको नेता भएर प्रधानमन्त्री हुनेछन्, किनकि अहिले सबै जनताले नेपाली राजनीतिमा नयाँ अनुहार नयाँ नेतृत्व खोजेको प्रस्टसँग देखिन्छ र गगन थापाले गरेको दाबी प्रधानमन्त्रीको लागी समय सान्दर्भिक पनि छ जुन राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले छर्लङ्गै पारेको छ ।उनी अहिले प्रधानमन्त्री नभए पनि अर्को चुनाव अगाडी जनतालाई काङ्रेसमा नयाँ पुस्ता नयाँ बिचार को नारा सहित प्रधानमन्त्री बनाउने अनुमान लगाउनसकिन्छ । सेर बहादुर देउवा नै अहिले लाई प्रधानमन्त्री हुन सक्छन् किनकि उनकै नेतृत्वमा चुनावमा गएर पार्टी ठुलो भएको हो, उनी प्रधानमन्त्री नभएमा अन्य दलले नमान्न सक्ने देखिन्छ अनि काङ्ग्रेस प्रधानमन्त्री नै फुस्किन सक्छ ।अब प्रचण्ड पनि पहिले के पी ओली सङ्ग आलो पालो को सर्तमा आफ्नो पालो कुर्दा कुर्दा पार्टी फुटाउन पर्ने बाध्यता भएको ले कुनै पनि उधारो सर्तमा मान्ने वाला छैनन् उनको पनि प्रधान मन्त्री को लागी दावा रहनेछ ।काङ्ग्रेस र माओवादी बाट यी बाहेक अरू हुने सम्भावना कम छ यदि भयो भने जाल झेलको निम्ति मात्र हुनेछ देशको लागी हुने छैन ।

एमालेको पनि प्रयास जारी रहनेछ सरकार बनाउनलाई किन कि उनीहरूले भन्ने छन् धेरै भोट हामीले लिएका छौ म्यान्डेट हामीलाई छ सरकार बनाउन सिट थोरै भए पनि भोट को आधारमा तर उनको पहिलेको माओवादी र एस समाजवादी सङ्गको तिक्तताले सहजै उनलाई प्रधानमन्त्री मा उनीहरूले मान्ने वाला छैन तसर्थ काङ्रेसलाई सरकार छोडी दिनको साटो एमाले बरु पहिलेको गुण तिर्न प्रचण्ड लाई प्रधान मन्त्री बनाउन पनि अघि सर्न सक्छ , तसर्थ प्रचण्ड काङ्ग्रेस अथवा एमालेको समर्थनमा प्रधानमन्त्री बन्न सक्छ । के पी ओली सबै भन्दा दरिलो अनि चलाख खेलाडी पनि हो अहिलेको नेपालको राजनीतिमा तसर्थ युवा अनि नयाँ पुस्तालाई सधैँ एमालेको साथ र सहयोग छ भनी युवा पीढी लाई आकर्षण गराउनको लागी रबी लामिछानेलाई प्रधानमन्त्रीमा सार्न पनि सक्छ तसर्थ एमालेको समर्थनमा रबी लामिछाने प्रधान मन्त्री हुन सक्छ । रबी लामिछानेको अहिले सम्म सबै कुरा दोधारे भएकोले उनी प्रधानमन्त्री बन्नलाई मात्र या देश बदल्नलाई राजनीति उनले सुरु गरे पछि चर्चा गर्ने छु तर आजलाई म के भन्छु भने अहिले नै उनी चौथो पार्टी हुँदा हुँदै प्रधानमन्त्री बने उनी पनि देश बदल्न आएका हैनन् भनेर बुझे हुन्छ ।तथापि विकासको निम्ति अन्य नेताहरू भन्दा अहिलेको लागी लामिछाने सही हुन सक्छ । तसर्थ उनले पाँच वर्ष कुर्नु पर्ने हुन्छ देश बनाउने नै हो भने प्रधान मन्त्री बन्नलाई ठुलो पार्टी बनेर । के पी वली ले प्रधान मन्त्री हुनको लागी अन्य दल हरू को विश्वास जित्न सारै गाह्रो छ तर उनले ठुला मन्त्रालयहरू साना पार्टीहरूलाई दिएर पनि उनी प्रधान मन्त्री बन्ने कोसिस गर्नेछन् र सम्भावना छ ।

जुन नहोस् भन्छु म त्यो पनि नहोला भन्न सकिन्न जहाँ राजनैतिक दलहरूले अनैतिक असान्दर्भिक बन्धन बनाइरहेनछ तालमेल गरिरहेनछ दसकौँ देखी उही सरकारमा पुग्नलाई । हुँदै नहुनु पर्ने राजनैतिक बन्धन, देशको लागी हानिकारक धेरै दर्दनाक बन्धन ठुला दुई दलहरूको बन्धन , काङ्ग्रेस र एमालेको सरकार पनि बन्न सक्छ तर यो बन्यो भने सरकार फेरी प्रतिपक्ष विहीन अनि जनता निरीह बन्न सक्छ । यदि काङ्ग्रेस र एमालेको सर्कार बन्यो भने काङ्ग्रेस बाट नसोचेको मान्छे प्रधानमन्त्री बन्छ अनि एमाले बाट चाही के पी वली नै हुनेछ । मेरो मान्यता बुझाइ के हो भने जहिले पनि प्रतिपक्ष दरिलो हुनु पर्छ सरकार लाई सही बाटो हिँडाउनलाई तब मात्र देशले निकास पाउँछ ।दुई ठुला दलहरू मिलेर सरकार बनाउने हो भने मनपरी तन्त्र को प्रशय हुन्छ । तसर्थ हामी सबै मिलेर भनुम काङ्ग्रेस र एमाले राष्ट्रिय मुद्दामा, विकासको मुद्दामा बाहेक सरकारको मामेलामा सधैँ पक्ष विपक्षमा नै रहनुपर्छ ।

मैले देखे अनुसार राजनैतिक परिवर्तन अनि आजको जनता को भोटको कादर गर्ने हो भने काङ्रेसबाट गगन थापा नै देशको प्रधान मन्त्री हुनु पर्छ किनकि धेरै देश बासिले नयाँ अनुहार खोजेको छ हैन पुरानै अनुहार दोहोर्याउछु भन्ने हो भने के पी ओली नै ठिक छ किन कि धेरै दल उनको विपक्षमा हुँदा हुँदै पनि थोरै सिट ल्याए पनि सबै भन्दा बढी भोट ल्याएको छ, जुन सबलाई थाहा थियो कि उनको राम्रो अनि नराम्रो कुरा ।राष्ट्रिय स्वतन्त्र पार्टी को पनि कदर गर्नै पर्छ तर उनीहरूको प्रस्ट बिचार नआए सम्म प्रधानमन्त्रीको लागी अघि सारिनु हुन्न ।राजेन्द्र लिङ्देन प्रस्ट बिचार राख्ने अनि आफ्नो अडानमा अडिक रहने भएकोले राजा को मुद्दामा लचक भए अहिलेको सन्दर्भमा उनी पनि प्रधान मन्त्री हुन सक्ने सम्भावना देखिन्छ किनकि यहाँ म हुने भन्दा पनि कसलाई हुन नदिने खेल अब सुरु भैसकेको छ । तसर्थ अर्को चुनावमा बहुमत को सरकार आउने गरी भोट गरौँ यो फोहोरी खेल बन्द गर्नलाई ।