अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 05:28

जनता दुबिधामा नेताको अस्वासन सम्झिँदामा

रामभक्त राई २०७९ कार्तिक २७ गते १५:०३ मा प्रकाशित

नेपालमा हामीले नेता को भाषन सायद आमाको गर्भबाट नै निकै उत्सुकताका साथ सुनेको हुनुपर्छ यदि हामी अहिले अध बैसे उमेर भन्दा तलाका छौ भने अनि हामी सबैले पढेको हुनुपर्छ विभिन्न पार्टीहरू अनि व्यक्ति विशेषको घोषणा पत्र चुनाव जिते के सम्म गर्न सक्छु अनि सक्छौ भनेर । तर बिडम्ब ना गाउँका नेता कार्य कर्ता देखी केन्द्र का मन्त्री प्रधान मन्त्री सबैले चुनाव जितेपछि सबै बाचा फर्केर हेर्न भेटेनन्, भेट्दैनन्। कसैले सिङ्गापुर बनाउँछु भने ,कसैले स्विटजर्ल्याण्ड त कसैले युरोप -अमेरिका तर हाम्रो अवस्था उही रही रहयो , घर परिवार स्वदेश छोडेर , भारतको कोइला खानी कि अरबको मरुभूमि आफ्नो श्रम बेच्न जानै पर्ने अथवा हदै राम्रो बने रिण को थाप्लो बोकेर युरोप्-अमेरिका-जापान्-अस्ट्रेलिया विद्यार्थीको बिल्ला भिरेर लुकी छिपी काम गर्दै आफ्नो जवानी थाहै नपाइ रित्याउनु पर्ने, यो हाम्रो आजको यथार्थ अझ उचालिएर माथि अकासिइरहेको बेला फेरी अर्को चुनाव अनि थुप्रै आश्वासन देख्दा लाग्छ हाम्रो कर्म अनि भा ग या के यती मात्रै हो त ? अनि भन्न मन लाग्छ झुटा आश्वास न दिने अनि उनीहरूलाई साथ दिनेहारुलाई फाँसी दे! तर दिने कसले ? सबै उस्तै बने i ।तर आसा छ , आउँछ समय एक दिन आगो बनेर, झुटको खेती गरेर महलामा आफू बस्न देश अनि देशवासीको नीद हराम गरेर बिचल्ली पार्नेहारुलाई खरानी बनाइ नयाँ सिराको इतिहास कोर्नलाई ।

सबै ठुला पार्टीहरुले देशको अर्थतन्त्र दोब्बर अन्कले वृद्धि गराउँछु भनेको छ , प्रत्येक व्यक्तिको औसत आयमा दोब्बर वृद्धि गर्छु भनेको छ ।अहिले नेपालको अर्थतन्त्रको आकार ४. ८ ट्रीलिअन छ जसमा १० ट्रीलिअन बढाउँछु भनेको छ, ने.क. पा. एमालेले । त्यस्तै गरी काङ्रेसले भनेको छ अर्को दश वर्षामा नेपाल लाई मध्यम स्तरीय आयस्रोत भएको देश बनाउँछु । नेपाललाई मध्यम स्तरीय आय श्रोत भएको देश बनाउन अहिलेको भन्दा कम्तीमा तीन गुणा बढी आर्थिक वृद्धि गर्न सक्नु पर्छ ।नेपालमा अहिले सम्म सधैँ धेरै सुस्त गतिमा मात्र नेपालको अर्थतन्त्र अघि बढेको देखिएको छ ।सबै ठुला पार्टीहरुले हतारमा अर्कोले ढाँट्दा मिल्छ भने मैले किन ढाँट्न पाउन्न भने झैँ गरी बिना कुनै साधारण अध्ययन बिना नै बाचा पत्र मात्र एक झुट पत्र रूपमा प्रस्तुत गरेको प्रस्ट देखिन्छ । नत्र अहिले सन्सार एक चरम आर्थिक मन्दीमा ओरालो गइरहेको बेला, सबै समानहरूको मूल्यमा अधिक वृद्धि भइरहेको बेला, नेपालको इन्फ्लासन ८ प्रतिशत ले बढेको बेला , सबै विकसित देशहरू समेत आफ्नो टाउको बचाउन लागेको बेला कुन पुरबाधारको आधारमा नेपालको अर्थतन्त्र दोब्बर तेब्बर हुन सक्छ, के कसरी कहाँबाट? अर्थतन्त्रलाई यती सजिलो बोले झैँ दगुराउन सक्छ यी पार्टी अनि नेताहरूले । देश बनाउँछु भन्नेहरूले कम्तीमा विश्व समाचार त हेर्नु पर्‍यो अर्थतन्त्रको , विकासको, उन्नतिको अनि प्रगतिको अनि कम्तीमा केही त गर्न सक्ने किसिमको घोषणा पत्र बनाउनु पर्‍यो । अहिले देशमा उद्योग बन्द हुन लागेको छ ब्याज दर १६ प्रतिशत पुगेर यो देख्या छ छैन, जादु झैँ चुनावमा जिते चमत्कार गर्छु भनेर घोषणा गर्नेहरुले । जे होस देशमा भइरहेको खाद्यान्न, सर समानहरूको अभाव अनि खस्किरहेको अर्थतन्त्र अनि खेर गइरहेको जनशक्ति त्यस्तै गरी खेर गइरहेको प्राकृतिक कुराहरूलाई सही तरिकाले गहन अध्ययन गरेर यो भन्दा तल जान बाट रोकियोस् पहिले यो चुनावमा जिते पनि अनि जब उठ्न सक्छौ हामी त्यो पछाडि फेरी दगुर्नलाई बृहत् अध्ययन अनुसन्धान पछि मार्ग कोरौला ।

केही स्वतन्त्र उम्मेदवारले भर्खरै भएको स्थानीय चुनावमा जितेको देखेर, हाइ-हाइ भएको देखेर, धेरै व्यक्तिहरू स्वतन्त्र उम्मेद्ववारको रूपमा उभिएका छन्, पत्रकार रबी लामिछाने त स्वतन्त्र व्यक्तित्वहरुलाई समेटेर दलाई खोलेर आएका छन् र बहुत चर्चामा आएका छन्, अझ प्रचण्डले चितवनै छोडेपछि तर किन प्रचण्डले चितवन छोडे किन रबी लामिछाने त्यही उठ्न पुगे, रबी लामिछानेले त तुरुन्तै घर समेत किने चितवनमा यी सबै समय आएपछि सतहमा आउला । तर अहिले म के भन्छु भने बिना गहिरो अध्ययन, अनुभव ,परिकल्पना ,अनि बलियो नेतृत्व बिना, दुरदृस्टी बिना हतार हतार कुनै राजनैतिक सिद्धान्त बिना चुनावमा पूर्ण तयारी बिना आउनु एक जुवा त हो नै जुन रवीन्द्र मिश्रले खेले अनि आफू त हारे हारे साझा अनि विवेकशीललाई नै रनभुल्लमा पारी आफू वैतरणी तरे, राजेन्द्र लिङ्देनको पटुकी समाती, जुन नेपालको राजनैतिक इतिहासमा रहिरहनेछ ।अहिले सबैको चिन्ता यही हो रबी लामिछानेमा पनि । किनकि रबी लामिछाने अहिले विवेकले ,होसले ,ज्ञानले भन्दा बढी जोशले, हुलले , एक वितृष्णाले होमिएको छ राजनीतिमा किनकि उनमा पनि आक्रोश छ नेताहरूप्रति अन्य व्यक्तिमा झैँ । यो आक्रोश जहिले पनि अस्त्थाइ हुन्छ , स्थायी हुनको लागी चाही सिद्धान्त अनि मूल्य मान्यता नै चाहिन्छ । म आशा गर्छु यो चुनावमा राम्रो नतिजा नआए पनि अर्को चुनाव सम्ममा रबीले आफ्नो पार्ट को सम्पूर्ण अवधारणा बनाउन सकुन् नकी रवीन्द्र मिश्रा झैँ धर्म र राजामा नपुगुन् !

यहाँ हजार आश्वासन छन्, कुन सही कुन गलत गाह्रो छ छुटाउन , छन् धेरै जनता दुबिधामा तर नेताहरू तालमेल ,गठबन्धन , मिलेमतो अनि भाइचाराको चरम सुविधामा । सिद्धान्त जे होस कुर्सी भए पुग्ने कस्तो यो हाम्रो राजनीति, नेता जस्तो होस आँखा चिम्लेर गुण्गाण गाउने कस्तो कार्यकर्ताको बहुलाहा पन ।अहिले नेताहरू गाउँ गाउँमा टोलमा आएको बेला सबै जनताहरूले कार्यकर्ताहरूले उनीहरूको कमी कमजोरी खुलेर भनी दिनु पर्‍यो । उनीहरूलाई भन्नु पर्‍यो आजको तिम्रो एक छाक चुनावी खानाले मेरो परदेशिएको सन्तान , बुवा, दाजु भाइलाई नेपालमा फर्केर आउने माहौल बन्दैन । तिमीले आएर एक छिन मेरो बारीमा काम गर्दैमा मेरो उब्जाउ बढ्दैन । तिमीले आश्वासन दिएर मेरो पेट भरिँदैन ।हामीलाई देशमा गरिखानेलाई रोजगारी दिन सक्ने उद्योग कल कार्खानाहरुको व्यवस्था गरी देऊ , हामीलाई कृषि गर्न सिँचाइको व्यवस्था गरिदेऊ, हामी हाम्रो उत्पादन बढाउन उपकरण देऊ , बजार देऊ यावत कुराहरुको व्यवस्थाको निम्ति कुरा गर्नु पर्‍यो । उनीहरूको आकाश झार्ने कुरा सुनेर जमिनमा बस्नेलाई केही हुने वाला छैन ।किन कि आकाश झार्नलाई अकासमै हुनुपर्छ हामी सबै नेपाली जमिनमा छौ । तसर्थ नेताहरूको आश्वासन सुनेर दुबिधामा नपर्नु होला ।किनकि जसले दुबिधामा पार्ने ठुला ठुला सपनाको आश्वासन दिन्छ ,सम्भव हुन्न, तसर्थ जसले सक्ने बाचा गर्छ उसलाई मात्र भोट गर्नु होला ।