अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

१६ खर्व बढीको बजेट ल्याउदैं सरकार

बिआरटीनेपाल २०७५ जेठ १४ गते १९:११ मा प्रकाशित

सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले वेलुका ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्ने गरिन्छ ।  बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् ।

सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले तयार पारेको घोषणा पत्रलाई आधार बनाइएको बुझिएको छ । करिव १६ खर्वको वरिपरि रहेर सरकारले बजेट निर्माण गरेको बुझिएको छ । ठुला पूर्वधार निर्माण, रोजगारी सृजना र उत्पादकत्व बृद्धिलाई मुख्य प्राथामिकता राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू